नेकपा माओवादी केन्द्र पूर्चौडीले वडा र नगर सम्मेलनका लागि नगर कर्मचारीबाट १५ सय देखि ३ हजार सम्म असुल्दै

बैतडी – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पूर्चौडीले वडा र नगर सम्मेलनको लागि नगर कर्मचारीहरुबाट १५ सय देखि ३ हजार सम्म पैसा असुल्ने निर्णय गरेको छ । माओवादी केन्द्रको पूर्चौडी नगर कमिटीका अध्यक्ष आनन्द सिंह धामीद्वारा हस्ताक्षरित पत्रमा माओवादी केन्द्रको वडा सम्मेलन र नगर सम्मेलन कार्तिक महिनामा हुने र सो कार्यक्रम व्यवस्थापन गर्नको लागि हाल सम्म यहाँहरुको आर्थिक, नैतिक, भौतिक सहयोगको उच्च सम्मान गर्दै यस पटकका लागि समेत आर्थिक सहयोग गर्न अपिल गरिएको छ । जसमा नगर मावि शिक्षलाई ३ हजार, नगर निमावि शिक्षकलाई २५ सय, नगर प्रावि शिक्षकलाई २ हजार, नगर बालविकास शिक्षकलाई १५ सय, नगर अनमी अहेबलाई २ हजार, नगर जेटिए, ल्याबलाई २ हजार, नगर अमिन र कास लाई २ हजार र नगर खरदार करारलाई २ हजारका दरले पैसा उपलब्ध गराउन भनि पत्रमा लेखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्