दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातामाटा सारियो, भोली उद्घाटन

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातामाटा सारिएको छ । मन्त्रिपरिषद्ले तोकेको रातामाटामा केन्द्र स्थानान्तरण गरि भोलीबाट औपचारिक रुपमा कामकाज सुरु हुने वडा सदस्य पदमराज जोशीले बताउनुभयो । हालसम्म गाउँपालिकाको प्रशासनिक भवनको रुपमा रातामाटा रहेको थियो । विद्यालयको भवनबाट कामकाज गरिरहेको गाउँपालिकाले आज स्थायी केन्द्र रातामाटामा स्थानान्तरण हुन लागेको हो ।
सुरक्षाकर्मीको सहयोग लिइ साविकको कार्यालय खरकडाबाट आज रातामाटा भौतिक समानहरु सार्ने काम भइरहेको र भोली उद्घाटन गरिने सदस्य जोशीले बताउनुभयो । गाउँकार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाको कार्यालय रातामाटा सार्ने काम शुरू भएको सूचना समेत गाउँपालिकाले जारी गरेको छ ।
प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्ती भएतापनि हालसम्म भवन निर्माणको काम अघि बढेको छैन । हाल विद्यालयको भवनबाट कामकाज सुरु गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्