सर्वोच्चमा बन्दीका मुद्दामा पनि भएन सुनुवाइ

काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बिहीवार बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो तर न्यायाधीशहरू इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश राणाले आठ वटा इजलासमा पेसी तोक्नुभएको थियो । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेन्च नबसेको’ भनेर जनाइएको छ ।

यसअघि न्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्नुभएको थियो तर आज ती मुद्दामा पनि सुनुवाइ भएन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्