१ सय ८६ केजी अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ

File Photo

रौतहट – गौर नगरपालिका-४ गढवा टोलस्थित गौर-चपुर सडकखण्डमा रोकी राखेको ना.६ ख ५९४३ नम्बरको ट्रकबाट १ सय ८६ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ट्रक चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँ बस्ने १९ वर्षीय रित्तम तामाङ रहेका छन् । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त ट्रक जाँच गर्ने क्रममा ट्रकको चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरेको १२ पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्