नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने

काठमाण्डौ – बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध खुला गर्ने भएको छ । नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न देशलाई रेड लिस्टमा राख्दै अन्तर्राष्ट्रिय यात्रामा विभिन्न प्रतिबन्ध लगाएको थियो । तर नोभेम्बर १४ अर्थात् भोलि शनिबार राती १२ बजेदेखि बहराइनले नेपाललाई रेड लिस्ट कन्ट्रीबाट हटाउने निर्णय गरेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू बहराइन पुगेपछि क्वरेण्टीन बस्न पर्दैन ।बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर कोडसहितको अङ्ग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्