कांग्रेसका वरिष्ठ नेता पौडेलले तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि सारे

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि समयका लागि आफुलाई सभापतिका लागि अवसर दिन आग्रह गरेका छन् । आफ्नो समूहका नेताहरुसँग तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि सारेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा गर्ने तय भएको छ, तर पौडेल समूहले साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । यो समूहमा पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला दावेदार छन् ।

चार आकांक्षीबीच सहमति जुट्न सम्भावना गर्दै गएपछि वरिष्ठ नेता पौडेलले शुक्रबार आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएर तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि सारेका हुन् ।
तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर विदा हुने र त्यसपछि आफ्ना समुहका नेताहरुको लागि पद नै छोड्ने उहाँले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्