बिहिवार पनि नेप्से परिसूचक घट्यो

काठमाडौं – बिहिवार पनि नेप्से परिसूचक घटेको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बुधवार बिदा परेको थियो । यसैगरी बिहीबार करिब ६० अंकले घटेको छ ।

नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बिहीबार सुस्तायो । यस अघिको कारोबारमा साढे ६ अर्ब बढीको शेयर किनबेच भएपनि बिहीबार जम्मा ५ अर्ब ११ करोडमा रोकिएको छ ।

केहि दिन अघिसम्म लगातार बढिरहेका कम्पनीहरु आइसीएफसी र महालक्ष्मी विकास बैंकको शेयर मूल्य बिहीबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्