सवारी लाइसेन्सका लागि आवेदन दिनेको संख्या ७ लाख बढी

काठमाडौं औ ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि साढे ५ लाखभन्दा बढी आवेदन परेको छ ।  कात्तिक ८ गते आवेदन खुलेतापनि केहि दिन प्रभावित भएको थियो ।

पहिलो आवेदन दिएर परीक्षा कुरिरहेकासहित लाइसेन्सका लागि आवेदन दिनेको संख्या ७ लाख नाघेको यातायात व्यवस्था विभागले जनाएको छ । पछिल्ला दिनमा आवेदन भरेकाहरु अधिकांशले करिब एक वर्षपछिको ‘एपोइन्टमेन्ट मिति’ पाइरहेका छन् ।

नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी छ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्