नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ११ जनाको आवेदन

काठमाडौँ – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ११ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम म्याद अर्थात आजसम्म ११ जनाले आवेदन दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । अध्यक्ष छनोट सिफारिस समिति संयोजक तथा योजना आयोग उपाध्यक्ष डा. विश्व पौडेलकै प्रस्तावअनुसार अनिल पौडेलले आवेदन हालेका छन् ।

यसैगरी, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, नेपाल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व महाप्रबन्धक सीताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, डा.केशव प्रसाद श्रेष्ठ, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारी, जीवन अमगाइँ, अम्बिका लामिछाने र रमेश हमालले आवेदन दिएको जानकारी प्राप्त भएको छ ।

मन्त्रालयले अध्यक्ष नियुक्ति प्रकृया अघि बढाएपनि धितोपत्र बोर्डको अध्यक्ष काँग्रेस र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को सीइओ नियुक्ति माओवादी कोटाबाट गर्नेगरी भागबण्डा भइसकेको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्