बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदै

काठमाडौं – नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाको रुपम रहेको नेपाल बैंकर्स
संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । एक साता अघि नै उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि घोषणा भएको छैन । आज मंगलबार दिउँसो ४ बजे होटल ¥याडिसनमा संघको साधारणसभा बोलाइएको छ ।
संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य रिक्त थियो।

सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् । रिक्त यी पदमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत चयन भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्