कञ्चनपुरबाट अवैध लागूऔषध सहित एक जना पक्राउ

सांकेतिक तस्वीर

कञ्चनपुर – बेलडाँडी गाउँपालिका-२ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९४ ट्याब्लेट र ७ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बेदकोट नगरपालिका-७ बसन्तपुर बस्ने २७ वर्षीय घनश्याम पन्तलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वेलडाँडी गाउँपालिका-१ कालीकाबाट आउँदै गरेको म.१ प ६२४३ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पन्तलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्