अमेरिकाका पूर्व विदेशमन्त्री पावेलको निधन

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ। ८४ वर्षीय पावेलको कोरोना संक्रमणका कारण निधन भएको हो । सन् २००० मा जर्ज डब्ल्यू बुसको नेतृत्वको सरकारमा पावेल अमेरिकाको विदेशमन्त्रीको जिम्मेवारीमा रहेका थिए । सोमबार एक विज्ञप्ति जारी गर्दै पावेलको परिवारले निधनको पुष्टि गरेको छ । पावेलले सन् २००२ को जनवरीमा नेपालको भ्रमण गरेका थिए । उनी नेपाल भ्रमणमा आउने एकमात्र बहालवाला अमेरिकी विदेशमन्त्री हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्