कांग्रेस वडा महाधिवेशनमा सरकारी शिक्षक, कारवाही गर्न सदस्य एनपी जोशीको माग

कञ्चनपुर – सरकारी पारिश्रमिक बाहन प्रतिनिधिलाई कारवाही गर्न माग गरिएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को वडा महाधिवेशनमा नेपाल सरकारको तलब भत्ता खाई पाई आएका व्यक्तिहरु उम्मेद्वार हुन नपाउने प्रावधान हुदा हुदैँ पनि वडामा शिक्षक पुष्पराज भट्ट, शिक्षिका सावित्रि खडायत र शिक्षिका जानकी खडायत नेपाल सरकारको कानुनी प्रावधान विपरित नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा विजयी भएको भन्दै सो लाई बदर गर्न क्रियाशिल सदस्य नरेन्द्रप्रसाद जोशीले माग गरेको छ ।

वडा सभापतिमा निर्वाचित पूर्णसिँह हमाललाई सम्बोधन गर्दै क्रियाशिल सदस्य नरेन्द्रप्रसाद जोशीले उनीहरुलाई नियमबमोजिम कारवाही गर्न माग गरेको हो । यदि कारवाही नभए कानुन बमोजिम प्रक्रिया अगाडी बढाउने समेत निवेदन मार्फत प्रष्ट पारेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्