शुक्लाफाँटा-८ का वडा अध्यक्ष महरालाई कारवाही गर्ने कार्यपालिकाको निर्णय विरुद्धमा राँके जुलुस

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठकमा वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले निर्णय पुस्तिका च्यातेको विषयले यतिबेला सकारात्मक तथा नकारात्मक टिप्पणी हुन थालेको छ । यस विषयलाई लिएर आइतबार बस्ने बैठकमा माफि माग्न समय दिएको थियो तर वडा अध्यक्ष महराले उक्त बैठकमा अनुपस्थित हुनुका साथै माफि माग्न अस्विकार गरेको थियो । जनताका हक हितका लागि जनताको माग सम्बोधन नभएको भन्दै निर्णय पुस्तिका च्यात्नुपर्ने अवस्था सृजना भएको स्वीकार गरेका छन् ।

सोमबार नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै कार्यपालिकाको ११२ औँ, ११३ औँ बैठकको निर्णय र ११४ औँ बैठकको उपस्थितिसहितको पुस्तिकाको पूर्वाग्रही ढंगले पाना ५ थाना च्यातेको घटनाप्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संविधानको मर्म र नगरवासीको भावनामा गम्भीर ठेस पुग्ने भएकाले निजलाई कानुन बमोजिम कारवाही अगाडी बढाउने निर्णय गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

यता वडा अध्यक्ष महरालाई कारवाही गर्ने निर्णयको विरुद्धमा आज राँके जुलुस निकालेको छ । वडा नं. ८ मा आज साँझ राँके जुलुसको आयोजना गरेको छ । वडा अध्यक्ष महराको समर्थनमा वडावासीहरु राँके जुलुसमा सहभागी भएका थिए । यस्तै भोली नगरपालिका घेराउ समेत गर्ने भएका छन् । कारवाही गर्ने निर्णयको विरुद्धमा नगरपालिका घेराउ गर्ने समेत बताएका छन् ।

यो पनि पढ्नुहोस् ।

अध्यक्ष महराद्वारा कार्यपालिका समक्ष माफि माग्न अस्विकार, बैठकमा समेत उपस्थित नहुने

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्