नेपाली काँग्रेस शैल्यशिखर नगरपालिकाको सभापतिमा साउद

दार्चुला – नेपाली काँग्रेस शैल्यशिखर नगरपालिकाको सभापतिमा मोहनसिंह साउद चयन भएका छन् ।

शनिबार देखि सुरु भएको नगर अधिवेशनमा आइतबार सहमती जुटेपछि मोहन साउँदलाई सर्वसम्मतीले सभापतिमा निर्वाचित भएको घोषणा गरिएको हो । ४ जनाले नगरसभापतिका लागि आकांक्षा देखाएका थिए । जसमा जग्दिश विष्ट, लक्ष्मण डाँगा, रामदत्त जोशी र मोहनसिंह साउँद थिए । २ दिनको गृहकार्य पश्चात सबैले साउँदलाई सर्वसम्मत चयन गरेका हुन् । सभापति साउँदसँगै नगरकार्यसमिति पनि चयन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्