लेकम गाउँपालिकाको सभापतिमा निर्वाचित मिश्र को हुन् ? यस्तो छ राजनीतिक यात्रा

काठमाडौँ – नेपाली काँग्रेस लेकम गाउँपालिकाको सभापतिमा कमलापती मिश्र निर्वाचित हुनुभएको छ । थिए । पिता जयानन्द मिश्र र माता कौशिला मिश्रको कोखबाट वि.सं. २०१४ सालमा तात्कालिन रिठाचौपाता पञ्चायतको वडा नं. ५ मेल्लाऊँमा  जन्मिएका मिश्रले प्राथमिक तह सम्मको शिक्षा अध्ययन गर्नुभएको छ । बाल्यकाल देखि नै नेतृत्व गर्न सक्ने क्षमाता भएका मिश्र २०३६ साल देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । २०३६ सालको जनतम संग्रह घोषणासँगै मिश्रले राजनीतिमा हाम फाल्नुभयो । २०३६ साल देखि निरन्तर नेपाली काँग्रेसको राजनीतिमा होमिनुभएका मिश्रले द्वन्दकालमा समेत नेपाली काँग्रेसको विचार परिवर्तन गर्नुभएन । मिश्रले द्वन्दकालमा आफ्नो ज्यानको बाजी लगाएर भएपनि लेकममा नेपाली काँग्रेसको विरासत जोगाउनुभयो । नेपाली काँग्रेस भएकै कारणले मिश्रलाई बेला बेला तत्कालिन विद्रोही माओवादीले दुःख दिने गरेको थियो । तर मिश्र रत्तिभर पनि विचलित नभई पार्टी संगठन निर्माणमा लगातार लागिरहनुभयो ।

तत्कालिन गाउँ विकास समिति हुँदा रिठाचौपाता गाविसको सभापतिमा आफ्नो कार्यकाल विताएका मिश्र संघीयता कार्यान्वयन भएसँगै लेकम गाउँपालिका–६को वडा अध्यक्षमा निर्वाचित हुनुभयो । २०७४ सालको आम निर्वाचनमा मिश्र नेपाली काँग्रेसबाटै वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । राजनीतिको झण्डै ४२ वर्ष पार गरेपछि मिश्रले गाउँपालिका सभापतिको पद हात पार्नुभएको छ । असोज ९ गते भएको गाउँपालिका अधिवेशनमा मिश्र सभापतिमा निर्वाचित हुनुभयो । निर्वाचित मिश्रको पक्षमा ४५ मत र उहाँका प्रतिद्वन्दी मोहनदेव जोशीको पक्षमा ३२ मत खसेको थियो । कुल ७७ मत खसेको थियो । कुल मत परिणामको बहुमत मिश्रको पक्षमा परेपछि मिश्रलाई निर्वाचित भएको घोषणा गरिएको थियो ।

यो पनि पढ्नुहोस् । 

लेकम गाउँपालिकाको सभापतिमा मिश्र निर्वाचित

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्