लेकममा काँग्रेसको वडा अधिवेशन सम्पन्न, यी हुन् वडा सभापतिहरु (नामावली सहित)

तस्विर : मोहन जोशीको फेसबुक वालबाट

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाका सबै वडामा नेपाली काँग्रेसको वडाअधिवेशन सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाका ६ वटै वडाहरुमा काँग्रेसको नेतृत्व चयन भएको हो । ५ वटा वडामा सहमति र एउटा वडामा निर्वाचनमार्फत नेतृत्व चयन भएको हो । वडा नं. ४ को सभापतीका लागि गणेश पाल र खेमराज गिरीबीच प्रतिस्पर्धा भएको थियो । गणेश पालले १७ गत पाउँदा खेमराज गिरी २२ मत पाएर वडा सभापतीमा निर्वाचित भएको लेकम काँग्रेसले जनाएको छ ।

लेकम गाउँपालिका वडा नम्बर १ मा दिपकसिंह साउँद, वडा नम्बर २ मा केशवराज जोशी, वडा नम्बर ३ मा तारासिंह भण्डारी, वडा नम्बर ४ मा खेमराज गिरी, वडा नम्बर ५ मा नारदसिंह बोहरा र वडा नम्बर ६ मा सिताराम साउद सभापतीमा चयन भएका छन् ।

मंगलबार जिल्लाका ६१ वटै वडामा अधिवेशन भएको काग्रेश दार्चुलाले जनाएको छ । ६१ मध्ये अधिकासं वडामा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ भने केही ठाउँमा निर्वाचन गरी सभापती र कार्यसमिति चयन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्