सुदर्शनको इन्गेजमेन्टमा पुजा अनुपस्थित

सोमबार सुदर्शन थापाको मोडल तथा समाचार वाचिका सुप्रिया कटवालसँगको इन्गेजमेन्ट समारोहमा पूजा शर्मा अनुपस्थित रहिन् । काठमाडौँको –याडिसन होटलमा आयोजना भएको इन्गेजमेन्ट समारोहमा अभिनेता राज कटुवाल, वर्षा सिवाकोटीको समेत उपस्थिति रहँदा सुदर्शनको सबैभन्दा नजिकको साथी भनिएकी पूजाको उपस्थिति नहुनुलाई फिल्म क्षेत्रमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिपयले त सुदर्शनको इन्गेजमेन्ट हेर्न नसक्ने भएर पूजा समारोहमा उपस्थित नभएको समेत चर्चा गरे । निर्देशक थापा र अभिनेत्री पूजा बीच मित्रता घनिष्ठ छ । थुप्रै प्रोजेक्टमा उनीहरूको सहकार्यले समेत त्यो देखाउँछ । सुदर्शनले निर्देशक गरेको प्रायः फिल्ममा पूजा दोहोरिने मात्र होइन, दुवैले मिलेर फिल्मसमेत निर्माण गरिसकेका छन् ।

धेरै प्रोजेक्टमा सहकार्य गरेका दुवैको प्रेम सम्बन्धको हल्लासमेत नचलेको होइन । तर दुवैले मिल्ने साथी बताउँदै आएका छन् । केही पहिले त दुवैले एउटै गाडी पालोपालो चढ्ने गरेका थिए । पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँग जोडिएर आउँदा दुवैबीच मनमुटाबको खबर पनि बाहिर आएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्