लेकममा २५ गतेबाट विद्यालयहरु खुल्ने, स्वास्थ्य मापदण्ड अनिवार्य

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकामा यहि भदौ २५ गते बाट विद्यालय संचालन हुने भएका छन् । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा २५ गते देखि नियमित पठनपाठन गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालयको २० गतेको पत्र अनुसार विद्यालय संचालन गर्न सम्पूर्ण स्वास्थ्य मापदण्ड अपानाउने समेत सूचनामा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्