संखुवासभा हत्या प्रकरण : तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन

काठमाडौँ – खुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

प्रहरीले घटना संलग्न नउम्किउन् भनेर सतर्कता अपनाएको छ । एसपी राईका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको छ । प्रहरीका अनुसार ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ । परिवारका केही सदस्यको घर भित्र र केहीको शव घर बाहिर फेला परेको छ । परिवारका एक जना वृद्ध सदस्य भने जोगिएको प्रहरीले बताएको छ । उनी घाइते छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ ।

प्रहरीका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो । ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको छन्।

यो पनि पढ्नुहोस् ।

एकै परिवारका ६ जनाको हत्या, घटना स्थल पुग्यो प्रहरी

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्