एकै परिवारका ६ जनाको हत्या, घटना स्थल पुग्यो प्रहरी

काठमाडौँ – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान श्री लिम्बुले उपहार खबरलाई जानकारी दिए । ‘एकै परिवारका ६ जनाको हत्या भएको भन्ने खबर स्थानीयले दिएका छन्, खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल पुगिसकेको छ ।’ प्रहरी जवान लिम्बुले भने । उनका अनुसार घटनाको थप विवरण आएको छैन । प्रहरीले अनुसन्धान थालेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्