गौरीगंगाका-७ का वडाध्यक्ष दल कुमालले रोजे एकीकृत समाजवादी पार्टी

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका वडा ७ का वडाध्यक्ष दलबहादुर कुमालले नेकपा (एकीकृत) समाजवादी पार्टीमा सनाखत गरेका छन् । सोमबार धनगढी स्थित निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन ।

नगरप्रमुख भिम बहादुर देउवाको गृह समेत रहेको वडाका वडाध्यक्ष सहित अन्य सदस्यहरु एकीकृत समाजवादीमा सनाखत गरेका हुन । नगरप्रमुख प्रमुख देउवाका निकट रहेका वडाध्यक्ष कुमालले उनको साथ छोडेका छन् । गौरीगांगमा एमाले बाट चुनाव जितेका अधिकांश वडाध्यक्षहरु समाजवादी पार्टी तिर लागेको एकीकृत समाजवादीका नेता विमल जोशीले जानकारी दिए ।

नेकपा (एकीकृत) समाजवादी पार्टीका सुदूरपश्चीमका नेता तथा भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीको निर्वाचन क्षेत्र समेत गौरीगंगा नगरपालिका पर्छ । प्रतिगमनका पक्षमा नगरप्रमुख लागेको भन्दै गौरीगंगाका वडाध्यक्षहरु धमाधम समाजवादी पार्टीमा लागेको बताएका छन । यस अघि गौरींगंगा २ का वडाध्यक्ष जनक साउँद, ५ का अध्यक्ष जंग विक लगाएत अधिकांश जनप्रतिनिधीले सनाखत गरीसकेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्