सरकार ढल्ने डरले मन्त्रिपरिषद् विस्तारमा ढिलाई : सुवास नेम्वाङ

File Photo

काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संभावना देखिएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा नेम्वाङले सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको बताए ।

दोस्रो पटक संसद् विघटन गर्नु केपी ओलीको बाध्यता भएपनि सर्वोच्च अदालतले अचम्मको फैसला गरेको नेम्वाङले टिप्पणी गरे । सरकारले विजनेस नदिंदा संसद्ले सिन्को भाँच्न पनि नपाएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्