जब मेयरले स्थानीयलाई शौचालयमा थुने, गाउँमा सिंह दरबार की सिंह ?

बारा – बाराको महागढीमाई नगरपालिका मेयर उपेन्द्रप्रसाद यादवले स्थानीय हरेन्द्र महतो माथि दुव्र्यवहार गरेका छन् ।

हरेन्द्र महतोका छोरा मुकेश कुसवाहले नगरपालिकाले समयमै नाला निर्माण नगर्दा सडकमा पानी जमेको गुनासो गरेपछि मेयर यादव नाला निरीक्षण गर्न पुगेका थिए । नाला निरीक्षणको क्रममा स्थानीय र मेयरबीच विवाद भएपछि मुकेश कुसवाहले विवादित भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका थिए, सोही निहुनमा मेयर यादवले हरेन्द्र महतोमाथि दुव्र्यवहार गरेका हुन् ।

मेयर यादवले भिडियो फेसबुकमा अपलोड गर्ने मुकेश लाई तत्काल पक्राउ गरेर नगरपालिका ल्याउन नगर प्रहरीलाई आदेश दिए । मुकेश घरमा नभेटिएपछि नगर प्रहरीले मुकेशका बुवा हरेन्द्र महतोलाई नगरपालिकामा ल्याएका थिए, र मेयर यादवले हरेन्द्र महतोमाथि दुव्र्यवहार गरे । हरेन्द्र महतोलाई मेयर यादवले आफ्नो जुत्ता टाउकोमा राख्न भनेपछि महतोले मानेनन् र शौचालयमा लगेर १५÷२० मिनेट थुनेको महतोका कान्छा छोरा सिकेन्द्रकुमारले बताए ।

यता मेयर यादवले भने हरेन्द्रका परिवारले लगाएको आरोप निराधार भएको बताए ।

‘मैले मुकेशबारे बुझ्न उनका बाबुलाई कार्यालयमा बोलाएको हुँ,’ मेयर यादवले भने, ‘कार्यालय समयमै बोलाएको हुँ । कुटपिट र शौचालयमा थुनेको छैन । यो सरासर झुट कुरा हो । अहिले मात्र होइन उसले (मुकेश) ले दुई वर्षदेखि कहिले फेसबुकमा मेरो फोटोमा टाउको काटेर हाल्ने त कहिले के गर्ने गरिराख्छ । नालाबारे भएको छलफलको भिडिओ पनि उसैले राखेको हो कि भनेर सोधपुछ गर्न उसका बाबुलाई बोलाएको हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्