सुनको मुल्यमा सामान्य बृद्धि चाँदीको मुल्य भने स्थिर

काठमाडौँ – दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ ।

मंगलबार छापावाल सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सुन आइतबार र सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा ८सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्