चीनबाट उद्धार गरिएका नेपालीहरुलाई काठमाडौं ल्याएको वाइडबडीको क्वारेन्टाइन अवधि पुरा, आजबाट नियमित उडान हुने

काठमाडौं – कोरोना भाइरस सङ्क्रमित चीनको वुहान शहरबाट उद्धार गरिएका नेपालीहरुलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजले क्वारेन्टाइन अवधि पुरा गरेको छ ।

आज मंगलबार विहानबाट विमानको ४८ घण्टे क्यारेन्टाइन अवधि पुरा भएको हो । यो संगै अब विमानलाई नियमित उडानमा प्रयोग गर्न सकिने भएको छ । आज विमानलाई पूर्ण रुपमा सफा गरी रातीबाट नियमित उडानमा ल्याइने नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभएको छ ।
कोराना भाइरसको उद्गमस्थल वुहानबाट १७५ जना नेपालीलाई उद्दार गरेर ल्याएपछि जहाजलाई ‘रिमोर्ट पार्किङ वेमा’ ४८ घन्टा क्वारेन्टाइनमा राखिएको छ ।

जहाजलाई विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ को मापदण्ड अनुसार नै नियमित उडानमा ल्याउन लागेकाले सुरक्षाको विषयलाई लिएर चिन्ता लिनु नपर्ने वायुरसेवाका प्रवक्ता खड्काले बताउनुभयो ।

वुहानबाट नेपाली लिएर जहाज आइतबार बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्