कोरोना भाइरसको त्रासका कारण तातोपानी नाकामा चिनियाँ सामान आयात शून्य

चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । कोरोना सङ्क्रमण फैलने डरले दुई देशबीच व्यापारिक कारोबार हुन सकेको छैन । दुई हप्तादेखि चिनियाँलाई नेपाल प्रवेश र नेपालीलाई चिनियाँ भूभागमा जान दिइएको छैन । दुवै देशको आवतजावतमा रोक लगाइएपछि चीनबाट नेपालमा सामान आयात भएको छैन ।
नेपाली व्यापारी, व्यवसायी सामान लिन चिनियाँ भूभाग गएका छैनन् भने कन्टेनर चालक, सहचालक र मजदुर सीमामा कन्टेनर थन्क्याएर घर फर्केका छन् । दुई देशबीच आवतजावत नभएका कारण पर्यटकसमेत हालसम्म ओहोरदोहोर गर्न पाएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्