बेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित पदाधिकारी पुन: एमालेलाई साथ दिन सहमत

काठमाडाैँ – नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएसँगै स्थानीय तहमा पनि प्रभाव पर्न थालेको छ । स्थायी कमिटी बैठकले २७ असारमा भएको १० बुँदे सहमति अनुसार पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील बनाउने निर्णय गरेसँगै स्थानीय तहमा पनि यसको स्वागत गर्न थालेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा पनि २०७४ सालमा नेकपा एमाले सुर्य चिन्हबाट निर्वाचित कार्यपालिका सदस्य एवम् वडा सदस्यहरु समेत नेकपा एमालेलाई साथ दिने भएका छन् ।

बिहिबार नगर प्रमुख अशोक कुमार चन्दले एमालेबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बोलाई १० बुदे कार्यान्वयन गर्न अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । नगर प्रमुख चन्दले राखेको धारणामा सम्पूर्ण पदाधिकारीहरुले एक ढिक्का भएर अगाडी बढ्नेमा समेत प्रतिबद्धता जनाएका छन् । उक्त निर्णय स्वागतयोग्य रहेको भन्दै एक ढिक्का भएर अगाडी बढ्न सम्पूर्ण पदाधिकारीहरु सहमत भएका हुन् ।

नगर प्रमुख चन्दले अभिभावकको भुमिका निभाउदै सबै निर्वाचित वडा सदस्य र कार्यपालिका वडा सदस्य एकै ठाउँमा बस्ने र एक ढिक्का भैई जाने निर्यण गरेको छ ।

बेदकोट नगरपालिका एमालेबाट निर्बाचित सबै जनप्रतिनिधिहरुको भेलाले १० बुद्धे कार्यान्वयन गर्दै पार्टी एकताबद्ध राख्ने निर्णय समेत गरेको छ।

 

यो पनि पढ्नुहोस्

१० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ मा फर्कियो एमाले, दशौं महाधिवेशन मंसिरमा हुने

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्