हैटीमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, २७७ जनाको मृत्यु भएको पुष्टि

काठमाण्डौ – हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पका कारण अहिलेसमम्म २७७ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँको नागरिक सुरक्षा सेवाले यो जानकारी दिएको हो।

भूकम्प आएपछि मानिसहरु घरबाहिर भागेका र अहिले अवस्था कोलाहलपूर्ण रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । क्षतिको एकिन विवरण आइसकेको छैन । सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो ।

११ वर्ष अघिको भूकम्पको पुनःनिर्माण नसकिँदै फेरि अर्को शक्तिशाली भूकम्प गएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्