कञ्चनपुरको पुनर्वास मै केरा चिप्स उत्पादन, छिट्टै बजारमा उपलब्ध हुने

कञ्चनपुर– कञ्चनपुरको पुनर्वासमा केरा चिप्स उद्योग सञ्चालनमा आएको छ । कामको सिलसिलामा नेपाल बाहिर रहेर अनुभव बटुलेको सफल युवाहरुको अग्रसरतामा पुनर्वास नगरपालिका वडा नं. ४ मा उक्त डिजे पोटेटो एण्ड बानाना इण्डस्ट्रिज सञ्चालनमा आएको हो । उद्योग सञ्चालक रहेका लोकमणी धामीका अनुसार आफ्नै बारीमा लगाएको बिसादी रहित केराबाट चिप्स बन्ने र उक्त चिप्स स्वास्थ्यको लागि समेत हानिकारण नभएको बताए । विगत २ बर्षदेखि केरा उत्पादन गरि बजारमा केरा उपलब्ध गराउदैँ आएकोमा हाल केराबाट चिप्स बनाउन सुरु गरिएको बताउनुभयो ।
लोक धामी, दानसिँह ठगुन्ना, जनकसिँह धामी गरी ३ जना सञ्चालक रहेको उक्त उद्योगले हाल उत्पादन गरिरहेको छ। डिजे चिप्स ब्राण्ड रहेको टिकटक बनाना चिप्स स्थानीय स्तरमै उत्पादन हुन थालेपछि अब बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हट्नुका साथै स्वस्थ, ताजा चिप्स विक्रेताहरुले खान पाउने भएका छन् ।

उद्योगबाट उत्पादन गरेको चिप्स आफ्नै कर्मचारीबाट बजारमा खुद्रा बिक्री गर्ने गरी तयारी भइरहेको जनाएको छ । पुनर्वासमै जग्गा भाडामा लिएर सञ्चालन गरेको केराबारीबाट उत्पादन हुने केरा उक्त उद्योगमा खपत हुनेछ ।

आलु चिप्स तयार पार्नाका लागी मसला मिक्सर, भट्टी , आलु काट्ने मेसीन ग्रेडिङ मेसिन , प्याकेजिङ प्लाष्टिक अवस्थामा राखिएको छ ।
उद्योग स्थापना भएसँगै अव किसानले उत्पादन गरेको केरा खेर नजाने भएको छ ।
यसको बजारीकरणका लागि केही स्थानीय बजार, राजधानी महेन्द्रनगर लगाएत अन्य बजार तथा प्रदेशहरुमा पनि निर्यात गर्ने लक्ष्य राखिएको छ । उद्योग सञ्चालनमा आएपछी स्थानीय स्तरमै रोजगारीको ढोका खुल्ने भएको छ । रोजगारीका लागि खाडी मुलुक लगाएत छिमेकी देश भारतमा जाने केही स्थानीय युवालाई घरमै प्रत्यक्ष रोजगारी मिल्ने भएको छ । यसबाट विदेशमा सिकेको सीप आफ्नै देशमा खर्च गर्नुपर्छ भन्ने सन्देश पनि जान्छ ।
हालसम्म कुनै निकायबाट आर्थिक सहयोग नभएतापनि त्यस उद्योगमा संलग्न युवाहरुको आर्थिक जिम्मेवारीबाट उक्त उद्योग सञ्चालनमा आएको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्