नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखालाई बेदकोट नगरपालिकाको सहयोग

कञ्चनपुरको बेदकोट नगरपालिकाले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखालाई सहयोग गरेको छ । आइतबार नगर प्रमुख अशोक कुमार चन्दले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामी तथा सचिव राजेन्द्र प्रशाद अवस्थीलाई कम्प्युटर सेट सहित कुर्सी सहयोग गरेको छ ।
एक थान कम्प्युटर सेट सहित १० थान कुर्सी पत्रकार महासंघलाई हस्तान्तरण गरेको बेदकोट नगर प्रमुख चन्दले बताउनुभयो । महासंघको आग्रहमा बेदकोट नगरपालिकाले महासंघलाई कम्प्युटर र फर्निचर सहयोग गरेको हो ।
बेदकोट नगरका प्रमुख चन्दले आगामी दिनमा समेत संचार क्षेत्रको विकासका लागि महासंघलाई सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले नगर क्षेत्रको विकासमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहनेभएकाले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । साथै उहाँले नगर क्षेत्रमा भए गरेका कामहरु, समस्या, चुनौती, अवसर लगायत कमीकमजोरी समेत पहिल्याई नगरको ध्यानाकर्षण गर्नुपर्ने र सोहि अनुरुप नगरपालिकाले पनि अग्रसर भएर लागि पर्ने मेयर चन्दले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्