अष्ट्रेलियासँगको टी–ट्वान्टी क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

काठमाण्डौ – घरेलु टिम बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।

यसअघि बंगलादेशले टी–ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । यस्तै मिचेल स्टार्कले १४ र कप्तान म्याथ्यु वेडले १३ रन बनाए ।

अष्ट्रेलियाका अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बंगलादेशका नासुम अहमेदले ४ विकेट तथा मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २÷२ विकेट लिए । सकिब अल हसन र माहेदी हसनले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

बंगलादेशका लागि शकिब अल हसनले ३६ तथा मोहम्मद नाइमले ३० रन जोडे । अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट, मिचेल स्टार्कले २ विकेट लिए । एडम जाम्पा र एन्ड्रयु टाईको नाममा एक÷एक विकेट रह्यो । जितसँगै बंगलादेशले पाँच खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । दोस्रो खेल आज बेलुका पौने ६ बजे हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्