आलोचना : सरकार गठनको तीन साता बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेन

काठमाडौँ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नगर्न सुझाएको छ । पौडेल पक्षको मंगलबार बसेको बैठकले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा सार्वजनिक आलोचना बढ्नुका साथै सरकारको प्रभावकारिता नदेखिएको निष्कर्ष निकालेको छ ।

नेता रामशरण महतले पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई समेत ध्यान दिएर तत्काल मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले सरकार गठनको तीन साता बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । अहिले प्रधानमन्त्रीको सहयोगीका रूपमा ५ मन्त्री मात्रै छन् । प्रधानमन्त्री देउवानिकट नेताहरूका अनुसार एमाले नेता माधवकुमार नेपाल पक्षले निर्णय दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्