ईयूको आधा जनसङ्ख्याले पाए कोरोना विरुद्धको खोप : खोप अभियानमा अमेरिकाभन्दा युरोप अगाडि

काठमाण्डौ – युरोपेली संघ ईयूको आधा जनसङ्ख्याले कोरोना विरुद्धको खोप प्राप्त गरिसकेको पाइएको छ । एक अध्ययन रिपोर्ट अनुसार खोप अभियानमा ईयू अमेरिकाभन्दा अगाडि रहेको छ ।

ईयूका २७ सदस्य देशमा झण्डै २२ करोड ४० लाख व्यक्तिले कोरोना विरूद्धको खोप लिएका छन् । यसमध्ये स्पेनमा सबैभन्दा धेरै ५८ दशमलव ३ प्रतिशत जनसङ्ख्याले खोप लगाएका छन् । त्यसपछि इटाली, फ्रान्स र जर्मनीमा पनि ५० प्रतिशत बढीले खोप पाएका छन् । अमेरिकी जनसङ्ख्याको झण्डै ४९ दशमलव ७ प्रतिशत मानिसले खोपको पूर्ण मात्रा लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्