अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनको २ दिने चीन भ्रमण, दुई देशको सम्बध सुधारमा छलफल केन्द्रित

काठमाण्डौ – अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनको चीन भ्रमण दुई देशको सम्बन्ध सुधारमा केन्द्रित भएको छ ।

उनी नयाँ सरकार गठनपछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुन् । अमेरिकी उपविदेशमन्त्रीसँगको भेटवार्तामा चीनका समकक्षी शी फङले आफ्नो नेतृत्वलाई बदनाम नगर्न आग्रह गर्दै अमेरिका चीनबीचको तिक्तता मेटाउनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनप्रति विशेषतः मानवअधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन् । चीनको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा अमेरिकाले आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिने गरेको उल्लेख छ ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनले चीनको दुई दिने भ्रमण गरेकी हुन् । धेरैले अमेरिका–चीनबीचको यो वार्तालाई बाइडेन र सी जिनपिङबीच हुन सक्ने भेटको तयारीका रूपमा समेत लिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिकी उपविदेशमन्त्रीको चीनको भ्रमणअघि बेइजिङले अमेरिकी केही नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय गरेको थियो । हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले पनि यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्