गोकुलेश्वरमा शिवपुराण ज्ञान महायज्ञ विराट हिन्दु सम्मेलन २०७६ सुरु

दार्चुला – शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा बिहिबार देखि शिवपुराण ज्ञान महायज्ञ विराट हिन्दु सम्मेलन (२०७६) को आयोजना गरिएको छ ।

शैल्य मालिकार्जुन जगतपुरी शिवधाम तिर्थ स्थल विकास समितिले आयोजना गरेको महायज्ञमा योगी रामानन्द सरस्वती जी महाराज र भागवत वाचक आर्चाय सत्यराज अवस्थीको उपस्थिति रहने आयोजक समितिले जानकारी दिएको छ । गुरुकुल विद्यापिठ र जगतपुरीधामको पुर्वाधार विकासको आर्थिक सहयोगका लागि महायज्ञ आयोजना गरिएको आयोजकले बताएको छ ।

फागुन १ गते देखि १० गते सम्म सञ्चालन हुने महायज्ञको उद्घाटन दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेश ठगुन्नाले गर्नुभएको हो । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला जोशी, प्रदेश सभा सदस्य सन्तोष बहाुदर धामी, गेल्बु बोहरा, शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी लगायत अन्य विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्