भारतमा चार महिनायताकै कम संख्यामा कोरोना सङ्क्रमण

काठमाण्डौ – भारतमा चार महिनायताकै कम संख्यामा कोरोना सङक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३० हजार ९३ जनामा कोरोना सङक्रमण पुष्टि भएको र यो एक सय २५ दिनमा सबैभन्दा कम भएको भारतको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख नाघेको छ । भारतमा चार लाख ६ हजार सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४५ हजारको सङ्क्रमित निको भएका छन् । योसहित तीन करोड ३ लाख ५३ हजार व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म चार लाख १४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । गएको जनवरी १६ देखि भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान चलिहरको छ । अहिलेसम्म ४१ करोड १८ लाख ४६ हजार खोप प्रयोग भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्