भीमदत्तलाई पूर्ण साक्षर नगरपालिका बनाउन तयारी सुरु, निरक्षरको संख्या आधामा झर्याे

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा अवस्थित भीमदत्त नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका बनाउन तयारी सुरु गरिएको छ । कञ्चनपरलाई आगामी जेठ ३० गतेभित्र पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य अनुसार नगरपालिकालाई पूर्ण साक्षर बनाउन साक्षरता अभियान सुरु गरिएको हो । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहले सरकारको घोषणा अनुसार आगामी जेठभित्र नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्न अभिायन सुरु गरिएको बताउनु भयो ।

नगरपालिकाले पूर्ण साक्षर नगरपालिका बनाउन नीति निर्माण, जनचतेतना मु्लक कार्यक्रम र साक्षरता कक्षा सञ्चालन लगायतका कार्यक्रम सञ्चालन गरिएको नगर उप प्रमुख चन्दले बताउनु भयो । भीमदत्त नगरपालिकामा साक्षरता अभियान सफल बनाउन पत्रकारहरुसित छलफल कार्यक्रम गरिएको छ । कार्यक्रममा पत्रकारहरुले साक्षरता अभियान सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय साक्षरता अभियान अन्र्तगत भीमदत्तका १९ वडामा ८६ ओटा साक्षरता कक्षा सञ्चालन गरिएका छन् । ती कक्षाबाट दुई हजार पाँच सय जना साक्षर हुने लक्ष्य राखिएको छ ।
नगरपालिकामा १६ देखि ६० वर्षसम्मका ११ हजार ५ सय ८८ जना निरक्षर भएकोमा यो संख्या घटेर आधामा झरेको अनुमान गरिएको छ । आधारभूत तथा माध्यमिक शिक्षा शाखाले निरक्षर संख्या ६ हजार हाराहारी पुग्ने अनुमान गरेको
छ । पूर्ण साक्षर नगरपालिका घोषणाका लागि ९५ प्रतिशत जनसंख्या साक्षर हुनु पर्ने मापदण्ड छ । भीमदत्तमा ५ प्रतिशतभन्दा बढी जनसंख्या निरक्षर छ ।

‘पूर्ण साक्षर नगरपालिका हुन ९५ प्रतिशत जनसंख्या साक्षर हुन पर्छ, यो नगरपालिकामा ५ प्रतिशत बढी जनसंख्या निरक्षर देखिएकाले अभियान सफल पार्न कक्षा प्रणाली, समूहगत प्रणाली, परिवार प्रणाली, व्यक्तिगत प्रणालीका माध्यमबाट साक्षर गराउन सकिने भएकाले कक्षा ९–१२ का विद्यार्थीहरुबाट एक जना विद्यार्थीले एक जनालाई साक्षर बनाउने तथा परिवार साक्षर प्रणाली सञ्चालन गर्न सबै माध्यमिक तहका विद्यार्थीहरुलाई परिचालन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको छ’ शाखा अधिकृत जोशीले भन्नु भयो ।

भीमदत्त नगरपालिकामा सामुदायिक र संस्थागत गरी एक सय बढी शिक्षण संस्था छन् । गैर सरकारी महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलालको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रशासनिक तथा जन सम्पर्क सल्लाहकार प्रेम बहादुर सिह, बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिराज विष्ट, प्रेस संगठन नेपाल कञ्चनपुरका संयोजक कर्ण बहादुर चन्द नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष अशोक पाण्डेयल लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु सहभागी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्