नेपालमा जस्तै मौलिक परिवर्तन दुनियाँमा कतै छैन : प्रचण्ड

file photo
File Photo

चितवन  – नेपाल कम्युनिस्ट पार्टी (नेकपां)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण भएको बताउनुभएको छ ।

जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा चितवनद्वारा बिहिबार भरतपुरमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले धैरै वर्षसम्मको वैचारिक बहस र कसरतपछि शान्ति प्रक्रिया र पार्टी एकीकरणका काम भएको बताउनुभयो ।

‘‘तत्कालीन नेकपा एमाले र माओवादीबीचको शृङ्खलाबद्ध वार्ताले देशलाई सङ्घीय गणतन्त्रमा लैजाने अठोट गरेको हो’’, उहाँले भन्नुभयोे,“त्यसले देशलाई युगीन परिवर्तन ग¥यो ।”

प्रचण्डले कसैको नक्कल गरेर क्रान्ति नगरको भन्दै नेपालको क्रान्तिमा आफ्नैपन रहेको बताउनुभयो । ‘‘नेपालमा जस्तै मौलिक परिवर्तन दुनियाँमा कतै भएको छैन”, उहाँले भन्नुभयोे,“यो सही विचारका कारण हुनसक्यो ।”

कम्युनिष्ट कमजोर अरुका कारण नभई आफ्नै कारणले हुने गरेको उहाँले बताउनुभयो । ‘‘कम्युनिष्ट आन्दोलन प्रतिक्रियावादीको सङ्घर्षमा पराजित भएको छैन”, उहाँले भन्नुभयो,“आफँैभित्र देखा पर्ने विसङ्गति, विचलन र विकृतिले आफैँ सिद्धिने गरेका छौँ ।”

‘‘पार्टी एकता हतपत आवेगमा विचार नै नगरी भएको हो भन्ने कतिपयलाई लाग्न सक्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो,“यसका लागि धेरै वैचारिक बहस भएका छन् ।”

नेपालमा हतियार नउठाएका पार्टीको राजनीतिक अस्तित्व नरहेको जिकिर गर्दै २००७ सालको जनक्रान्ति, २०२८ सालको झापा विद्रोह र २०५२ सालको जनयुद्धमार्फत आएका पार्टी नै नेपालमा स्थापित भएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्