‘चीनको अर्थतन्त्र कोरोना अघिकै लयमा फर्कियो’

काठमाण्डौ – सन् २०२१ को दोस्रो चौमासिकमा चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) सात दशमलव नौ प्रतिशतले बढेको छ । कोरोना महामारी नियन्त्रणमा लिएसँगै चीनको कुल ग्राहस्थ उत्पादन बढेको चीनको अर्थ विभागलाई उदृत गर्दै समाचारसंस्था सीएनएनले जनाएको छ ।

कोरोना महामारीलाई नियन्त्रणमा लिएपछि घरेलु खपतमा भएको वृद्धि र उत्पादन बढेपछि जीडीपीको आकार बढेको हो । यो वृद्धिले चीनको अर्थतन्त्र महामारी अगाडिकै तहमा फर्काएको र अर्थतन्त्रमा सुधार भएको बताइएको छ । यस्तै दोस्रो चौमासिकसम्मको विवरण अनुसार चीनको अर्थतन्त्रको आकार १८ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।

यो वृद्धी चीनले सन् १९९३ मा तथ्याङ्क सङ्कलन कार्य सुरु गरेपछिकै सबैभन्दा धेरै भएको सीएनएनले जनाएको छ । महामारीले थलिएको अर्थतन्त्र उकास्न चीन सरकारले पर्याप्त स्रोत खर्च गरेका कारण महामारीले पुर्याएको क्षति चाँडै पूर्ति गर्न सकेको चिनियाँ सिनोस्टिल इकोनोमिक रिसर्च इन्स्टिच्युटका सोधार्थी हु क्यूमीलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्