दार्चुलाको नौगाडका बाढी र पहिरो प्रभावितहरुलाई क्षतिपूर्ति तथा पुर्ननिर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरोले पुर्‍याएको क्षति र त्यसबाट प्रभावितहरुलाई क्षतिपूर्ति तथा पुर्ननिर्माण गर्न नेपाली कांग्रेस नौगाड गाउँपालिकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रवार नेपाली कांग्रेस नौगाड गाउँपालिकाका सचिव गोविन्द ठगुन्नाले ध्यानाकर्षण पत्र मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएका छन् ।
विभिन्न ठाउँमा असार २३ गते राति परेको अविरल बर्षाका कारण गएको बाढी र पहिरोले ठुलो जनधनको क्षति गर्नुका साथै भौतिक संरचनामा समेत तहसनहस भएको र उक्त बाढी पहिरोको कारण नौगाड गाउँपालिका वडा नं. ३ का अधिकांश बस्ती, खेतियोग्य जमिन र पशुचौपाया लगायत भौतिक संरचना नष्ट भएको उक्त पत्रमा उल्लेख गरेको छ । साथै ३ जनाले ज्यान समेत गुमाईसकेको, एक जना घाइते अवस्थामा रहेको समेत ध्यानाकर्षण गराएको छ ।
उक्त अविरल बर्षाका कारण खार खोला दोस्रो विद्युत गृह बगाएको, पुल, घोरेटो बोटो, गोकुलेश्वर खार खलंगा सडक खण्ड लगायतका संरचना नष्ट हुनुका साथै घरखेत, अधिकांश बस्ती उच्च जोखिममा परेको, विद्युत गृह बगाएका कारण अध्यारोमुनि बस्न बाध्य भएको, हाल आवत जावत गर्न सडक, घोरेटो बाटो लगायत अन्य संरचना समेत बगाएको जनजीवनलाई सहज बनाउनका लागि तत्काल आवश्यक कार्य अगाडी बढाउन समेत अनुरोध गरेको छ ।
प्राकृतिक प्रकोपका कारण अकालमै ज्यान गुमाउनेका परिवारलाई राहत तथा क्षतिपूर्ति र बगाएका संरचनाहरुलाई तत्काल पुनः निर्माण, क्षतिग्रस्त घरपरिवारलाई पुनः निर्माण तथा पुर्नस्थापना गर्न र उक्त गाउँपालिकाको गोधानी खोला देखि नौगाड खोलासम्म पक्की तटबन्ध निर्माण कार्य यथासिघ्र अगाडी बढाई दिन समेत सुदूरपश्चिम प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्