जनताप्रति उत्तरदायी वजेट निर्माणमा अग्रसर अमरगढी सरकार

डडेल्धुरा – अमरगढी नगरपालिकाले आ.व. २०७८/०७९ काे नीति कार्यक्रम र वजेट नबाैं नगरसभा समक्ष प्रस्तुत गरेकाे छ । नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाकाे अध्यक्षतामा वसेकाे नगर सभाकाे वैठकमा उपप्रमुख संगिता भण्डारीले ५१ कराेड १२ लाख ७३ हजारकाे अनुमानित आय-व्यय बजेट प्रस्तुत गरेकी छिन् । सवै क्षेत्र वर्गलाई समेट्ने गरि वजेट जनमुखी रहेकाले जनअपेक्षा सम्वाेधन हुनेमा नगरवासी आशावादी छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्षेत्र प्रवर्धनात्मक कार्यक्रम समेटिएका छन। विद्यालयका प्रधानाध्यापकहरुलाई १२ मिनेट मासिक भ्वाईस प्याक, १० लिटर ईन्धन, खेल शिक्षक तालिम, मासिक सुविधा, बिद्यालय यातायात साझेदारि अन्तरगत वस सेवा, प्राविधिकधार संचालित विद्यालयमा ५ लाख अनुदान, प्र. अ. ल्यापटप वितरण लगायतका कार्यक्रम प्रस्ताव गरिएकाे छ। त्यस्तै ग्रहिणि स्वास्थ्य सुरक्षा कार्यक्रम ( ग्यास-चुलाे सिलिन्डर मा ५०% छुट) , विपन्न वर्ग राेजगार कार्यक्रम, – विद्यालय​ प्र अ, स्वयंसेविका, ग/घ वर्गका अपाङ्गता भएका नागरिक, वेराेजगार परिवार, मासिक भ्वाईस प्याक, सुत्केरीलाइ उपप्रमुखको कोसेली, नि:शुल्क एम्वुलेन्स सेवा ( ६० वर्ष माथिका नागरिक, अपाङ्ग, सुत्केरी महिला, एकल महिला र धामि भडरिया पण्डा हरु), विद्यालय वस सेवा निशुल्क उच्च शिक्षा कार्यक्रम ( सामुदायिक क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुलाई ), वाख्रा विकास कार्यक्रम २५ भन्दा वढी वाख्रा पाल्ने किसानलाई प्रति वाख्रा अनुदान) स्वयंसेविका प्राेत्साहन, अक्षयकाेष, अध्ययन भ्रमण र मासिक भ्वाईस प्याक सुविधा), भीमदत्त झिलिमिलि कार्यक्रम, विपन्न विद्यार्थी छात्रवृति काेष, अमरगढी बहु-प्राविधिक शिक्षालयमा ३० % अमरगढीकाे काेटा सुनिश्चित र १०% छात्रवृत्ति, सामुदायिक अंकपत्र र खुल्ला सरकार लगायतका महत्वपुर्ण र लाेकप्रिय कार्यक्रम समावेस गरिएकाे छ।

“कृषि शिक्षा स्वास्थ्य पर्यटन र पुर्वाधार! अमरगढी स्मार्ट सिटी निर्माणकाे आधार!!” भन्ने नाराका साथ सम्पन्न नगर सभामा प्रस्तावित कार्यक्रम हेर्दा अत्यन्तै आकर्षक र लाेभलाग्दा रहेका छन। अमरगढी नगरपालिका लाई स्मार्ट सिटिका रुपमा विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले कार्यक्रमहरू अगाडि सारेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्