अवरुद्ध महाकाली राजमार्ग खुल्यो

बैतडी – छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

धरमघरमा आज दिउँसो १ः०० बजे र ढिकगाडमा बिहान  ८ः०० बजेदेखि सडक सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन बिष्टले जानकारी दिनुभयो । पहिराले ढिकगाडमा गए राति १ः०० देखि र धरमघरमा बिहान ८ः०० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकाले ती स्थानमा अझै पहिराको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोति बमले जानकारी दिनुभयो । यसअघि शनिबार अपराह्न पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा करिब दुई घण्टापछि खुलेको थियो ।

रासस​

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्