कञ्चनपुरको वेदकोटमा नापीका लागि जीपीएस पोइन्ट राख्ने काम सुरु

कञ्चनपुरको वेदकोट नगरपालिकामा नापी कार्य तथा जग्गाधनी पूर्जाका लागि जीपीएस पोइन्ट राख्ने काम सुरु गरिएको छ।

नगरपालिकामा आगामी साउनदेखि नापी कार्य र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिनका लागि शुक्रबारबाट जीपीएस पोइन्ट राख्ने काम सुरु गरिएको बताइएको हो।

नगरपालिकाको वडा नम्बर १ र २ बाट सो कार्य सुरु गरिएको छ ।आठ सदस्यीय प्राविधिक टोली फिल्डमा खटाइएको र क्रमश सबै वडामा जीपीएस पोइन्ट राखिने नगर प्रमुख अशोककुमार चन्दले बताउनुभयो ।

लकडाउनका कारण केही ढिलो गरी काम सुरु भएको बताउँदै नगर प्रमुख चन्दले मौसम अनुकुल भएपछि साउनदेखि नापी कार्य पनि सुरु गर्ने गरी तयारी भइरहेको बताउनुभयो । नापी कार्य तथा जग्गाधनी पूर्जाका सहज हुने आशा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्