अमेरिकासँग आमने सामने हुन किम जोङ उन तयार

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र सामना गर्नका लागि आफ्नो देशले तयारी थाल्नुपर्ने बताएका छन् । किमले वर्ताभन्दा पनि सामनाका लागि विशेषगरी तयारी थाल्नुपर्ने धारणा व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियासँग कूटनीतिक संवादका लागि आफू तयार भएको कुरालाई किम जोङ उनले कुनै वास्ता गरेका थिएनन् । यससँगै किमले पहिलो पटक बाइडेन प्रशासनलाई सीधा रुपमा यसबारे जवाफ फर्काएका छन् । यसै हप्ता उत्तर कोरियाको राजधानी प्योंगयांगमा सुरु भएको सत्ताधारी वर्कर्स पार्टीको महत्वपूर्ण सेन्ट्रल कमिटीको बैठकमा किम जोङ उनले आफ्नो देश खाद्य सामग्रीको चरम अभावसँग जुधिरहेको पनि स्वीकारेका थिए ।

किमको टिप्पणी उल्लेख गर्दै राज्य सञ्चालित केसीएनएले भनेको छ, ‘हाम्रो राज्यको गरिमा र हाम्रो स्वतन्त्र विकासको हितका लागि साथै, उत्तर कोरियाको सुरक्षा र शान्त वातावरणको प्रत्याभूतिका लागि पनि सामना गर्नका लागि पूर्ण रुपमा तयार हुनुपर्छ ।’ यसका साथै उनले भने, ‘कोरियाली प्रायद्वीपमा स्थितिको नियन्त्रण लिने वा विकास निर्माणका क्रियाकलापको प्रयास भएको खण्डमा उत्तर कोरियाले तत्काल प्रतिक्रिया दिनेछ ।’

किम र बाइडेनबीचको सम्बन्ध तनावपूर्ण छ ।

अमेरिकी चुनाव अघि बाइडेनले किमलाई ‘ठग’ भनेका थिए र बाइडेनले आधिकारिक रुपमा सत्ता सम्हाल्नुभन्दा केही दिन अघि उत्तर कोरियाले नयाँ मिसाइल देखिने सैनिक परेडको आयोजना गर्यो । गत अप्रिललमा बाइडेनले उत्तर कारियालाई विश्वव्यापी सुरक्षाका लगि उत्तर कोरिया गम्भीर खतरा भएको बताएका थिए । यसबारे तत्काल प्रतिक्रिया दिँदै उत्तर कोरियाले उक्त अभिव्यक्तिले उत्तर कोरियामाथि शत्रुतापूर्ण व्यवहारलाई बाइडेनले कायम राख्ने कुरालाई इंगित गरेको बताएको थियो ।

बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्