जगतपुरीधाम गोकुलेश्वरमा शिवपुराण ज्ञान महायज्ञ तथा विराट हिन्दु सम्मेलन हुने

दार्चुला – जगतपुरीधाम गोकुलेश्वरमा शिवपुराण ज्ञान महायज्ञ तथा विराट हिन्दु सम्मेलन हुने भएको छ । दार्चुलाको शैल्यशिखर नगरापालिका वडा नं. ९ जगतपुरी धाममा फागुन १ देखि १० गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो ।

गुरुकुल विद्यापीठ निर्माणका लागि महायज्ञ सञ्चालन गर्ने शैल्य मालिकार्जुन जगतपुरी धाम तीर्थस्थल विकास समितिले जनाएको छ । गत माघ १६ गते शिलान्यास भएको गुरुकुल अध्ययनका लागि तीन तले भवन निर्माणार्थ महायज्ञको सञ्चालन गर्ने तयारीमा रहेको समितिले बताएको छ । भवनको शिलान्यासका लागि स्थानीयले सहयोग गरेका थिए ।

संस्कृत भाषाको अध्यापनका लागि भवन आवश्यक पर्ने भएकाले महायज्ञ सञ्चालन गर्न खोजिएको विकास समितिका अध्यक्ष पिताम्बर विष्टले जानकारी दिनुभयो । तीर्थस्थल निर्माणका लागि पनि महायज्ञ सहयोगी हुने उहाँको तर्क छ । महायज्ञमा तुला दान, चौरासी दान, धनधान्यान्चल गर्न सकिनेछ । सामूहिक व्रतबन्धनको पनि सुविधा रहेको कथा बाचक सत्यराज अवस्थीले बताउनुभयो । फागुन १ गते बिहान कलस यात्रा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्