नौगाडमा बृहत स्वास्थ्य शिविर आयोजना हुदै, पर्यटन क्षेत्रलाई समेत विशेष प्राथमिकता

दार्चुला –  नौगाड गाउँपालिका, दार्चुलामा वृहत स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम तथा योग शिविर संचालन हुने भएको छ ।
“कृषि, पर्यटन, जलउर्जा पुर्वाधार विकासमा हाम्रो जोड, स्वच्छ शिक्षित, रोजगारमुलक समृद्ध नौगाड निर्माणमा हाम्रो अठोट” भन्ने मुल नाराकासाथ फागुन १ र २ गते कार्यक्रम हुन लागेको हो । कार्यक्रम गाउँपालिकाको केन्द्र होपरीगाडमा हुने छ । नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल पार्न कार्यक्रम फलदायी हुने गाउँपालिका अधयक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय कला, संस्कृती सहितका झाँकीहरु समेत प्रदर्शन गरिनेछ ।
ग्रामीण वस्तीका जनताहरुको पहुँच स्वास्थ्य क्षेत्रमा पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिने भएको हो । विशेषज्ञ डाक्टरहरु सहित २५ जनाको टोलीले शिविरमा सेवा दिने छन् भने शिविर अवधीभर ल्याव (प्रयोगशाला) को समेत व्यवस्था गरिने अध्यक्ष धामीले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा नसा तथा हाडजोर्नी, नाक, कान, घाटी, दन्त रोग, आँखा, स्त्री रोग लगायतका रोगहरुको उपचार तथा परामर्श दिइने छ । कृषि क्षेत्रका विज्ञहरुबाट कृषि सम्बन्धि सेवाहरु, पर्यटन विज्ञहरुबाट पर्यटन सम्बन्धि सेवाहरु दिइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको केन्द्र होपरीगाडमा संचालन हुने कार्यक्रममा प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उप–सभामुख निर्मला जोशी, प्रदेशसभा सदस्य मान बहादुर धामी र गेल्बु बोहराको समेत उपस्थिति रहने छ । लोक गायक मनोज धामी, विष्णु खत्री र रुपा घर्ति मगर र अन्य स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन्, ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्