कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधि सत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधा सहितको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिकालाई शुक्रबार पाँच÷पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताए ।

कन्सन्ट्रेटर सहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । अक्सिजन अभाव भएको अवस्थामा अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामाग्री प्राप्त गर्दा ठूलो राहत महसुश भएको मादी गाउँपालिकाले जनाएको छ । यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधि सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कप सुरक, भिटामिन बि कम्प्लेक्स, सिटामोल, साइनेक्स लगायतका एक काटुर्न औषधि वितरण गरिएको संयोजक बरालले जानकारी दिए । यसअघि बिहीबार बोधि सत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्