अपमानको पनि हद हुन्छ संसदीय दलका नेता ज्यू !!!

अशोककुमार चन्द, प्रमुख, बेदकोट नगरपालिका, कञ्चनपुर 

कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक तारा लामा तामाङ्गलाई सहमति बिना उहाँको ठाँउमा अर्कैलाई नियुक्ति गरेको प्रति आपत्ति जनाएका छन् । उहाँले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उक्त निर्णय प्रति असन्तुष्ट गर्नुभएको छ । उहाँले लेख्नुभएको छ “नेकपा एमाले प्रदेश प्रमुख सचेतक तारा लामा तामाङ्गलाई उहाँको जानकारी र सहमति बिना आज नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेताले प्रमुख सचेतकमा अर्कोलाई नियुक्ति गर्नु भयो र मन्त्री हुन तारा लामा तमाङ्गलाई प्रस्ताव गर्नु र तारा लामा तामाङ्गले मन्त्री पद अस्वीकार गर्नु हाम्रा लागि गौरव कुरा हो र यो निर्णयको स्वागत गर्दछु।
मन लाग्दी निर्णय गर्ने, अपमानित गर्ने र विधि पद्धति मास्नेहरुका लागि खबरदारी गर्न पनि मन्त्री पद खान जानू हुँदैन । मन्त्री र सचेतक हुनुभएकालाई हार्दिक बधाई र सफल कार्यकालको हार्दिक शुभकामना।”

प्रसंग

तारालामा तामाङले मन्त्री पद अस्विकार गरेका छ्न । पार्टीको निर्देशन विपरित भन्दै उहाँले मन्त्री पद अस्वीकार गरेका हुन् । मन्त्री बनाउनको लागि नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक पदबाट हटाएपनी तामाङले मन्त्री नबन्ने अडान लिएका थिए । उनले सभामुखलाई पत्र पठाउँदै तामाङलाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका थिए । नेपाल कम्युनिष्ट पार्टी एमालेले सुदूर पश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लाल बहादुर खड्कालाई नियुक्त गरेका छन् । यस्तै सचेतकमा दुर्गा कुमारी कामीलाई चयन गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्