कञ्चनपुरको बेदकोटमा कोभिड अस्पतालको उद्घाटन

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकामा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा आएको छ । शुक्रवार नगर प्रमुख अशोककुमार चन्दले उद्घाटन गरि सञ्चालनमा आएको हो ।
अक्सिजनको समेत व्यवस्था भएको उक्त अस्पतालमा सुविधा सम्पन्न बेड रहेका छन् । उक्त अस्पतालमा एमबीबीएस डाक्टर सहित स्टाफ नर्स समेत नियुक्त गरिएको छ । वेदकोट नगरपालिका वडा नम्बर ३ समादैजीमा रहेको उक्त अस्पतालको उद्घाटन कार्यक्रममा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु , कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी उप साखा दैजी र सुडाका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

अस्पताल उद्घाटनकै दिन १० जनाको एन्जिटिनबाट कोरोना परीक्षण गरेको थियो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। १६ बेडको अस्पतालमा एन्टिजिन एव पिसिआर विधीबाट कोरोना परीक्षण हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्